Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कुन्छालमा भएको रैथाने कृषि मेलामा कुमारी मोक्तानले भनिन , गोपाली समुदायको संग्राहलय निर्माण गर्न सहयोग गर्छु |

kumare1-1670740745.jpg

थाहा । उत्तरी मकवानपुरको थाहा नगारपालिका १ कुन्छालमा रैथाने कृषि तथा सास्कृतिक मेला आयोजना भएको छ । 

शुक्रबार उद्घाटन  भएको सो मेला शनिबार पनि चलेको थियो । रैथाने कृषि तथा सास्कृतिक मेलाको नाम दिइएको उक्त मेलामा  कला, सस्कृती, भेषभुषाको साथमा स्थानीय बिशेष पकवानको स्वाद लिने व्यवस्था मिलाइएको थियो । 

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले महोत्सवको उद्घाटन गरेकी थिइन् । उनले कार्यक्रममा आफुलाई प्रदशेतर्फ पुन निर्वाचित गराएकोमा धन्यवाद दिँदै गोपाली समुदायको संग्राहलय निर्माणको प्रतिवद्धता व्यक्त गरिन् । 

उनले यस्ता महोत्सवले स्थानीय पर्यटनको प्रवद्र्धन हुने भन्दै संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा थाहा नगरपालिकाका मेयर विष्णु बिष्टले होम स्टेको विकासले स्थानीय पर्यटनलाई बढवा दिएको बताउँदै नगरका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

पुर्व मेयर लवशेर विष्टले कुन्छालवाशीको विशेष पहिचार हाकुपटासी र घरको एकै प्रकारको छानालाई वर्षौसम्म संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा १ नं वडाका अध्यक्ष हेरमान गोपालीले सम्पदा संरक्षणमा आफुहरुको पहललाई अन्य विभिन्न संघ संस्थाले साथ दिएकामा धन्यवाद दिए । 

 

 

कार्यक्रममा रुपचन्द्र गोपालीले स्वागत मन्तव्य राख्दै आफुरुको महोत्सव गर्ने सपना बल्ल साकार भएकोमा खुसी व्यक्त गरे । 

कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष सानुकाजी गोपालीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन स्थानीय शिक्षक निराजन गोपालीले गरेका थिए ।

कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन तथा सरसफाई समितिको आयोजना तथा थाहा नगरपालिका, १ नं. वडा कार्यालय र लवग्रिन नेपालको सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा रैथाने कृषी उपज प्रदर्शनी, परम्परागन सांस्कृतिक झाँकी प्रदर्शनी, गोपाली खाना महोत्सव, कुन्छाल फोटो प्रदर्शनी, स्थानीय कृषी उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी समावेश रहेको थियो । 

 

 

उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराहीको गोपाली गाँउ ऐतिहासिक गाँउ हो । उस्तै प्रकारका र एकै रंगका छाना भएका टम्म मिलेका घरहरु नै यो गाँउको विशेषता हो । 

त्यतीमात्र होइन ऐतिहासिक गोपालवंशी अर्थात ग्वाला जातीको मात्र बशोबास  भएको यो गाँउ साँच्चै आकर्षक छ । पछिल्लो समय गोपाली जातीको वसोवास रहेको यो गाँउमा हो स्टेहरु निक्कै फस्टाएको छ । तालिम लिएर केही स्थानीयले आकर्षक होम स्टे चलाउन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरु पनि यो गाँउमा बढ्न थालेका छन् ।  

त्यसो त यो गाँउमा केही वर्ष पहिलेसम्म् परम्परागत रुपमा खेसका कपडा उत्पादन गर्न प्रयोग हुने तान र चर्खाका आवाज सुन्न सकिन्थ्यो । अचेल त्यो हराएको छ । आफ्नो समुदायमा सबैजना मिलेर बस्ने, गुठी भोज खाने, खुकुरा नपाल्ने यो जातिको विशेषता हो ।  

मकवानपुर जिल्लाको उत्तरी भेग शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, कुन्छाल, गहते र कुलगाउँमा पनि गोपाली जाति छन् । तर कुन्छाल गाँउका युवा पुस्ताको पर्यटन विकासमा आकर्षण बढेको छ । ऐतिहासिक गोपालवंशका जाति मानिने गोपालीको पहिचान र आम्दानीको स्रोत  खेतीपाती र पशुपालन भएपनि अचेल होम स्टेतिर पनि आकर्षण बढ्नु खुसीको कुरा भएको स्थानीय पर्यटन प्रवर्दन समितिका अध्यक्ष तथा नेकपा एकिकृत समाजवादी थाहा नगर कमिटीका अध्यक्ष सानुकाजी गोपालीले बताए । 

यहाँका महिलाहरु हाकुपटासीमा पुजा आजा देखी पँधेरामा पुग्ने गर्थे । जुन कपडा यही गाँउमा बुनिन्थ्यो । तर महिलाहरु  आधुनिकता संगै कुर्ता सुरुवाल र सुतीका साडीमा देखिन थालेका छन् । गाउँलेको व्यावसाय मात्र नभएर पर्यटनको सम्भावना पनि रहेको घरबुनाको परम्परा जोगाउन केही संस्थाको पहलमा तालिम पनि दिएको थियो । तर अहिले उक्त सिप कसैले प्रयोग गर्दैनन् । 

परम्परागत रुपमा गोपाली महिलाहरुको विवाहमा तीन धार्नी धागो दाईजो दिने प्रचलन थियो । उक्त धागोलाई स्थानिय भाषामा “मादाँ” अर्थात मूल पँुजी भन्ने गरिन्छ । सोही पँुजीको आधारमा पेवा बनाउने र घरखर्च चलाउने भएकाले यसले पारिवारिक रुपमा आर्थिक उपार्जनको परम्परा बसाएको भनाइ छ । 

तर समाजमा यस्ता परम्परा विस्तारै विस्थापित हुँदै गएकोमा उनीहरु समेत खिन्न छन् । पछिल्लो पटक चर्चा पाएको पर्यटनलाई बढवा दिन सके कुन्छालको मात्र होइन समग्र थाहा नगरकै विकासले काँचुली फेर्ने निश्तीच छ । यसैको प्रचारप्रसार र प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको स्थानानीय प्रतिक गोपालीले जाकारी दिए । 

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...